टाटा अल्ट्रोल डार्क एडिसनमा सार्वजिनक हुँदै, यस्ता छन् विशेषता



एजेन्सी । भारतीय कार निर्माता टाटा मोटर्सले जुलाई ७ मा भारतमा नेक्सन, अल्ट्रोज र नेक्सन ईभी डार्क एडिसन सार्वजनिक गर्ने भएको छ । कम्पनीले लन्च अघि नै डार्क एडिशन मोडल डिलरमा पुर्याउन शुरु गरेको छ । टाटा अल्ट्रोज डार्क एडिशन डिलरशिपमा देखिएको हो । यो कार डार्क ब्ल्याक पेन्टमा निकै शानदार देखिएको छ ।

टाटा अल्ट्रोज डार्क एडिसनको पेन्ट र इन्टिरियर फिचरमा परिवर्तन गरिएको छ । डिजाइन र इन्जिन अप्सन भने समान नै छ । डार्क एडिसन अल्ट्रोजमा ब्ल्याक पेन्ट गरिएको छ जसले कारलाई अन्य कलर भेरियन्टभन्दा फरक देखाउँछ । कारको फ्रन्टदेखि ब्याक सबै भागमा ब्ल्याक पेन्ट र एक्सेन्टको प्रयोग गरिएको छ ।

फ्रन्ट ग्रिलमा क्रोम लाइनिङको साथ ब्ल्याक एयर भेन्ट्स र ब्ल्याक बम्पर दिइएको छ । कारमा ग्लोसी ब्ल्याक पेन्टको प्रयोग गरिएको छ । साइड प्रोफाइलको कुरा गर्दा अलो ह्विलमा म्याटे ब्ल्याक पेन्ट फिनिस देख्न सकिन्छ । अलो ह्विलको डिजाइन पहिलेको जस्तै छ । यसका साथै कारमा डोर ह्यान्डल, बी–पिलर र सी–पिलरलाई पनि ब्ल्याक फिनिस दिइएको छ ।

क्रोम लाइनिङसँगै कारमा ब्ल्याक रियरभ्यू मिरर लगाइएको छ । फ्रन्ट फेन्डरमा सुनौलो रंगको ‘ब्ल्याक एडिसन’ लोगो लगाइएको छ । यो कारमा एक्सटीरियर र इन्टिरियर बाहेक मेकानिकल परिवर्तन गरिएको छैन ।
इन्टिरियरको कुरा गर्दा कारको भित्र ब्ल्याक फिनिस क्याबिन छ जसमा पियानो ब्ल्याक रंगको ट्रिम प्रयोग गरिएको छ । पियानो ब्ल्याक ट्रिमको स्टेरिङ र इन्फोटेनमेन्ट सिस्टममा देख्न सकिन्छ ।

टाटा अल्ट्रोजमा स्टेरिङ माउन्टेड कन्ट्रोल, फ्रन्ट र रियलमा आर्मरेस्ट, रेन सेन्सिङ वाइपर, क्लाइमेट कन्ट्रोल, एम्बिएन्ट लाइटिङ, रियल एसी भेन्टस् र अटो हेडल्याम्प लगायत फिचर छन् । टाटा अल्ट्रोज र नेक्सन कम्पनीको इम्प्याक्ट डिजाइन प्लेटफर्ममा बनाइएको हो ।

टाटा अल्ट्रोजमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र १.५ लिटर टर्बो चाज्र्ड डिजल इञ्जिनको विकल्प दिइएको छ । १.२ लिटर पेट्रोल इन्जिनले ८४ बीएचपी पावर र ११३ न्यूटन मिटर टर्क जनरेट गर्छ । १.५ लिटर टर्बो चाज्डए डिजल इन्जिन ८९ बीएचपी पावर र २०० न्यूटन मिटर टर्क प्रदान गर्छ । दुवै इन्जिनमा ५ स्पिड गियरबक्स दिइएको छ ।

जानकारी अनुसार टाटा अल्ट्रोज डार्क एडिशन एक्सटी र एक्सजेड भेरियन्टमा उपलब्ध गराउने सम्भावना छ । डार्क एडिसनको स्ट्यान्डर्ड मोडलको तुलनामा ३० देखि ५० हजार भारु अधिक हुनेछ ।


क्लिकमान्डु