१६ पैसा खर्चमा १ किलोमिटर गुड्ने इलेक्ट्रिक साइकल आउँदै



एजेन्सी । तपाईंले प्रयोग गर्ने सवारी साधनले १ किलोमिटर बराबरको दुरी तय गर्दा कति खर्च होला ? सवारी साधन अनुसारको नै खर्च उठ्छ, प्रश्न जति सामान्य छ, उत्तर पनि त्यत्ति नै सामान्य छ ।

भारतमा एउटा यस्तो सवारी साधन हालै मात्र सार्वजनिक भएको छ । दैनिक प्रयोगका लागि सहज मानिएको विद्युतीय साइकल सार्वजनिक भएको छ ।

एकपटक पूर्णरुपमा चार्ज गरेपछि ४० किलोमिटरको दुरी तय गर्न सक्छ । १ किलोमिटर बराबरको दुरी तय गर्दा मात्रै १० पैसा भारु खर्च हुन्छ । त्यो भनेको नेपाली मुद्रामा १६ पैसा मात्रै हो । स्वास्थ्यका लागि पनि साइलक चढ्नु आफैमा महत्वपूर्ण रहेको छ ।

विवरण अनुसार साइलमा राखिएको व्याट्री ३ देखि ४ घण्टामा पूर्ण रुपमा चार्ज हुनेछ । साइकलले १२० केजीसम्म बोक्न सक्छ । त्यसमा २५० वाटको मोटर लगाइएको छ ।

पछिल्ला दिनमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भइरहेको छ । नेपालमा पेट्रोल पूतिलिटर १२७ रुपैयाँ पुगेको छ । भारतको मध्य प्रदेश र राजस्थानमा पेट्रोलको मूल्य प्रतिलिटर ११० भारु पुगेको छ ।

पेट्रोलको मूल्य बढेका कारण दैनिक बजेट समेत गडबड भएको छ । यदि तपाई दैनिक ३० देखि ४० किलोमिटरको मात्रै दुरी तय गर्नुपर्ने हुन्छ भने तपाईका लागि यो साइलक उपयोगी हुन सक्छ ।

नाहक मोटर्सले इलेक्ट्रिक साइकल सार्वजनिक गरेको छ । कम्पनीले विद्युतीय साइलक जिप्पी र गरुणा नाम दिएर साइलक सार्वजनिक गरेको छ ।

कम्पनीले २ हजार ९९९ भारुमा सो साइकलको प्रारम्भिक बुकिङ शुरु गरेको छ । गरुणाको मूल्य ३१ हजार ९९९ भारु तोकिएको छ । यस्तै, जिप्पीको मूल्य ३३ हजार ४९९ भारु तय गरिएको छ ।

साइकलको अधिकतम गति २५ किलोमिटर प्रतिघण्टा रहेको छ । थोरै थोरै प्याडल चलाएको खण्डमा एक पटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

दुई मोडलको नयाँ साइकलको मात्रै मोडल फरक छ । त्यस्तै डिजाइनमा पनि सामान्य फरक देखिन्छ । गरुणा विशेषगरी छोरा मान्छेका लागि र जिप्पी छोरी मान्छेका लागि योग्य रहेको छ ।

साइकलमा डिस्क ब्रेक रहेको छ । यस्तै, एलइडी डिस्प्ले समेत रहेको छ । व्याट्री पनि छुट्टै तरिकाले जडान गरिएको छ । साइकलबाट निकालेर घर वा कार्यालयमा समेत चार्ज गर्न सकिन्छ । यस्तै प्याडल सेन्सर प्रविधि समेत जोडिएको छ । यस्तै, साइकलमा हेडलाइट तथा इन्टीग्रेटेड हर्न समेत रहेको छ ।


क्लिकमान्डु