इलेक्ट्रिक सिटी स्पिरिट कार नेपाली बजारमा, शुरुवाती मूल्य १३ लाख ८५ हजार



काठमाडौं । नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्रिएको छ । श्री इको भिजनरी प्रालिले सिटी स्पिरिट इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको हो ।

सहरका लागि उपयुक्त इलेक्ट्रिक कार २ र ४ सिट विकल्पमा उप लब्ध छ । यी इलेक्ट्रिक कार लिथियम र लिड एसिडगरी २ ब्याट्रीमा उपलब्ध छ ।

२ सिटर लिड एसिडको मूल्य १३ लाख ८५ हजार रुपैयाँ र लिथियमको मूल्य १७ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । ४ सिटर लिड एसिडको मूल्य १४ लाख ८५ हजार रुपैयाँ र लिथियमको मूल्य १८ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । फूल अप्सन र स्ट्रयान्डर अप्सनमा उपलब्ध छ । कार एल्लो, रेड, परपल, ब्ल्याक, वाइट र ब्लू कलर अप्सनमा उपलब्ध छ ।

चीनको नानजिंग जियुआन स्पेसल इलेक्ट्रिक भेहिकलले उत्पादन गरेको हो । लिड एसिड ब्याट्रीले फुल चार्जमा १२० किलोमिटर र लिथियमले १५० किलोमिटरको माइलेज दिन्छ । यी कार ४ देखि ६ घण्टामा फुल चार्ज हुन्छ ।

यी सिटी स्पिरिटमा १० किलोवाटको लिड एसिड र लिथियम ब्याट्री छ । जसको उच्चतमा गति ८० किलोमिटर प्रति घण्टा छ । उच्चतम पावर १५ किलोवाट छ ।

इलेक्ट्रिक कारको फिचरमा अटो गियर, रियर ह्विल ड्राइभ, फोर ह्विल डिक्स ब्रेक रहेको छ । ४ सिटरमा पावर स्ट्रेरिङ र २ सिटरमा नर्मल स्ट्रेरिङ छ । कारमा एसी सहित म्यूजिकका लागि एमपी५ छ । इन्टेरियर लिडिङ लाइज र सनरुफ छ । साथै रिमोट कन्ट्रोल लक सिस्टम पनि छ ।

इलेक्ट्रिक कारको मोटर र कन्ट्रोलरमा २ वर्षको वारेन्टी छ । लिथियम ब्याट्रीमा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी छ । गाडीको एक वर्षको वारेन्टी छ ।

काठमाडौंको बाफलस्थित इको भिजनरीको सोरुममा गएर यो गाडी अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न सकिन्छ ।

सहरी यात्रालाई सुरक्षित र वातावरणमैत्री बनाउन सिटी स्पिरिट इलेक्ट्रिक कार नेपाली बजारमा बिक्री वितरण शुरु गरिएको श्री इको भिजनरी प्रालिका अध्यक्ष उमेशराज श्रेष्ठ बताउँछन् ।

‘कार सानो छ । दुई वटा मोटरसाइकले ओगट्ने ठाउँमा कार अट्छ,’ श्रेष्ठले भने, ‘मोटरसाइकलको तुलनामा कार सुरक्षित हुन्छ ।’ मोटरसाइकलबाट कारमा सिफ्ट हुन चहानेका लागि सिटी स्पिरिट राम्रो विकल्प हुने श्रेष्ठको दाबी छ ।

सहरमा छोटो दुरीको यात्रा गर्नेका लागि उपयुक्त कार ‘हेल्मेट हटाऔं, सिटबेल्ट लगाऔं’ नामक नारा अन्तर्गत ल्याएको उनको भनाइ छ । प्रत्येक घरमा दोस्रो कारको रुपमा यसलाई प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यो इलेक्ट्रिक कार प्रतिकिलोमिटर ५० पैसामा सञ्चालन हुन्छ । मुलुकको ब्यापार घाटा घटाउनका साथै पर्यावरणको जोगाउन सिटी स्पिरिट एक उत्कृष्ट विकल्प भएको उनको दाबी छ ।

यो कार चीनमा उत्पादन भए पनि यूरोपिय स्ट्यान्डर्ड अन्तर्गत निर्माण भएको छ । यूरोप, जापान लगायत मुलुकमा यो कारको प्रयोग उच्च रहेको कम्पनीले जानकारी दिएको छ । आकर्षक लुक र उत्कृष्ट फिचर भएकाले नेपाली उपभोक्ताले मिनी इलेक्ट्रिक कार रुचाउनेमा श्रेष्ठ विश्वस्त देखिन्छन् ।


क्लिकमान्डु