यातायात व्यवसायीले भने- असार १८ गतेदेखि सार्वजनिक सवारी यातायात सञ्चालन गर्छौ



काठमाडौं । यातायात व्यवसायीहरुले असार १८ गतेदेखि सम्पूर्ण सार्वजनिक सवारी साधन सञ्चालन गर्ने बताएका छन् ।

उनीहरुले सरकारले असार १५ गतेदेखि जोर बिजोरका आधारमा २५ सिटभन्दा माथि क्षमताको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयप्रति यातायात व्यवसायीले आपत्ती जनाउँदै अब पूर्णरुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउन माग गरेका छन् ।

यातायात व्यवसायी तथा मजदूरहरुले सरकारले अन्य सबै क्षेत्रलाई खुला गर्दै गएको तर यातायात क्षेत्रलाई भने पूर्णरुपममा सञ्चालन गर्न नदिने निर्णय अव्यवहारिक रहेको जनाएको हो ।

माग पूरा नगर्ने हो भने असार १८ गतेदेखि व्यवसायी र मजदूर आफैंले गाडी निकाल्ने समेत बैठकले निर्णय गरेको छ ।


क्लिकमान्डु