निर्जीवन बीमा कम्पनीको ११ महिनाको व्यवसाय साढे २६ अर्ब, सबैभन्दा अघि शिखर इन्स्योरेन्स



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे २६ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।

हाल निर्जीवन बीमा व्यवसाय गर्न २० वटा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुले ०७७ असार मसान्तयता ०७७ जेठ मसान्तसम्म २६ अर्ब ५२ करोड रुपैयाँ रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिले जनाएको छ ।

समितिद्वारा प्राप्त तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने समावेश गरिएको छैन ।

सो अवधिमा १८ वटा निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रीक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ, कोरोना र अन्य विविध बीमा लेख बिक्री उक्त परिमाणमा बीमा शुल्क संकलन गरेका हुन् ।

जसमध्ये १३ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि ३ अर्ब ४६ करोड रुपैयाँसम्म ६ वटा कम्पनीले ५६ करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म कुल बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको ११ महिनामा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले र सबैभन्दा थोरै सानिमा जनरल इन्स्योरेन्सले कुल बीमा शुल्क संकलन गरेका छन् ।

जेठ मसान्तसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब ४६ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब २० करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सो अवधिमा एनएलजीले १ अर्ब ८९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ, आइएमई जनरल इस्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी, जेठ मसान्तसम्म हिमालयन जनरलले १ अर्ब २३ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ, लुम्बिनी इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब १४ रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

सो अवधिमा दि-ओरिन्टियल इस्योरेन्सले ९५ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ९४ करोर्ड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८९ करोड रुपैयाँ, नेशलन इन्स्योरेन्सले ७९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५९ करोड रुपैयाँ र सानिमा जनरलले ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु