८ महिनामा डेढ लाख सवारीसाधन थपिए, मोटरसाइकल तथा स्कुटरको हिस्सा ९१ प्रतिशत



काठमाडौं । चालु आर्थिक पहिलो ८ महिनामा १ लाख ५० हजार ७६५ वटा सवारीसाधन थपिएका छन् ।

यसरी थपिएका सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर छन् । चालु आवको पहिलो ८ महिनामा १ लाख ३७ हजार २३३ वटा मोटरसाइकल तथा स्कुटर थपिएका छन् । कुल थपिएका सवारीसाधनमध्ये मोटरसाइकल तथा स्कुटरको हिस्सा ९१ प्रतिशत छ ।

यातायात व्यवस्था विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा मुलुकभर ३९ लाख ८७ हजार २६७ वटा सवारीसाधन दर्ता भएका हुन् ।

गत आर्थिक वर्ष २ लाख ४५ हजार २२२ वटा सवारीसाधन दर्ता भएका थिए । यो संख्या गत आर्थिक वर्ष २०७६/७७ को पहिलो ८ महिनाको तुलनामा ३८.५१ प्रतिशतले कम हो ।

गत आवको तुलनामा चालु आवको पहिलो ८ महिनामा ९४ हजार ४५७ ले सवारीसाधन दर्ता घटेको विभागले उपलब्ध गराएको विवरणमा उपलब्ध छ ।

कोराना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेका कारण सवारी किन्ने ग्राहक घटेकाले सवारी दर्ता कम भएको नाडा आटोमोवाइल्स् एसोशियसन अफ नेपालले जानकारी दिएको छ ।

कुल करिब ४० लाख सवारीसाधनमध्ये सबैभन्दा धेरै हिस्सा मोटरसाइकल तथा स्कुटरको रहेको छ । हाल ३१ लाख ६० हजार ६२३ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । कुल दर्ता भएका सवारीमध्ये मोटरसाइकल तथा स्कुटरको ७९.२६ प्रतिशत हिस्सा ओगटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ९२४ वटा जीप/कार, भ्यान र ट्याक्सी थपिएका छन् । गत आर्थिक वर्ष ११ हजार २११ वटा जीप/कार, भ्यान र ट्याक्सी थपिएका थिए । मुलुकभर २ लाख ७२ हजार ८१२ वटा जीप/कार, भ्यान र ट्याक्सी दर्ता भएका छन् ।

चालु आवको ८ महिनाको अवधिमा २४६ वटा बस दर्ता भएका छन् । गत आर्थिक वर्ष २ हजार २८२ वटा बस दर्ता भएका थिए । मुलुकभर ५५ हजार ५६८ वटा बस दर्ता सञ्चालनमा छन् ।

चालु आवको ८ महिनाको अवधिमा २३४ वटा मिनीबस/मिनीट्रक दर्ता भएका छन् । गत आर्थिक वर्ष ९९८ वटा मिनीबस/मिनीट्रक दर्ता भएका थिए । मुलुकभर २९ हजार २३६ वटा मिनीबस/मिनीट्रक दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा ८४१

क्रेन/डोजर/एक्जाभेटर/लोडर/रोलर/ट्रक/ट्याक्कर/कन्टेनर दर्ता भएका छन् । गत आर्थिक वर्ष ४ हजार ११२ वटा क्रेन/डोजर/एक्जाभेटर/लोडर/रोलर/ट्रक/ट्याक्कर/कन्टेनर दर्ता भएका थिए ।

मुलुकभर १ लाख ८ हजार ७८९ क्रेन/डोजर/एक्जाभेटर/लोडर/रोलर/ट्रक/ट्याक्कर/कन्टेनर दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा १ हजार ७९६ वटा पिकअप दर्ता भएका छन् । गत आवमा ४ हजार ३४७ वटा पिकअप दर्ता भएका थिए । मुलुकभर ७१ हजार ८७५ वटा पिक दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा ९९ वटा माइक्रो दर्ता भएका छन् । गत आर्थिक वर्ष ३९३ वटा माइक्रो दर्ता भएका थिए । मुलुकभर १० हजार ४८० वटा माइक्रो दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा ५ हजार ९१७ वटा टेम्पो दर्ता भएका छन् । गत आव ५ हजार ७६४ वटा टेम्पो दर्ता भएका थिए । मुलुकभर ६८ हजारर ३७८ वटा टेम्पो दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा ३ हजार २९४ वटा ट्रैक्टर दर्ता भएका छन् । गत आर्थिक वर्ष ५ हजार १६० वटा ट्रैक्टर दर्ता भएका थिए । मुलुकभर १ लाख ६४ हजार ६३६ वटा ट्रैक्टर दर्ता छन् ।

चालु आवको पहिलो ८ महिनामा १८१ वटा ई-रिक्सा दर्ता भएका छन् । गत आवमा १ हजार ६८ वटा ई-रिक्सा दर्ता भएका थिए । मुलुकभर ३६ हजार ६६७ वटा ई-रिक्सा दर्ता भएका छन् ।

चालु आवमा एउटा पनि अन्य सवारी दर्ता भएका छैन । गतमा २१६ वटा अन्य सवारी दर्ता भएको थियो । मुलुकभर ८ हजार २०३ वटा अन्य सवारी दर्ता भएका छन् ।


क्लिकमान्डु