ओली सरकार अब ५ सदस्यीय हुने



काठमाडों । केपी ओली नेतृत्वको सरकार अब ५ सदस्यीय हुने भएको छ । सर्बोंच्च अदालतले ओलीले प्रतिनिधिसभा बिघठनपछि थपेका २० जना मन्त्रीलाई काम नगर्न अन्तरिम आदेश दिएपछि ओली सरकार ५ सदस्यमा सिमित भएको छ ।

अदालतको आदेशपछि अब सरकारमा प्रधानमन्त्री ओली सहित,उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल,भौतिक योजना तथा निर्माणमन्त्री बसन्त नेम्वाङ,शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ तथा कानुनमन्त्री लिलानाथ श्रेष्ठ मात्र बाँकी रहेका छन् ।

सर्बोच्चको अन्तरिम आदेश अनुसार ओलीले अब मन्त्रीहरु थप्न पाउने छैनन् ।


क्लिकमान्डु