आजदेखि यातायात कार्यालयको सेवा खुल्यो



काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै यातायात व्यवस्था कार्यालयले सेवा शुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालयले मंगलबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरुको राजस्व संकलन र सवारी चालक अनुमतिपत्र वितरण सेवा शुरु गरेका हुन् । यातायात व्यवस्था कार्यालयहरुले कोटाका आधारमा सेवा दिइरहेका छन् ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठूलो भर्याङले लाइसेन्स नविकरण र ट्रायल परीक्षा उत्र्तीण भएका परीक्षार्थीहरुको राजस्व संकलन ७०÷७० र लाइसेन्स वितरण २०० वटा कोटा निर्धारण गरिएको छ ।

लाइसेन्सका लागि आवेदन र परीक्षा अर्को सूचना नभएसम्मका लागि बन्द हुने कार्यालयले जानकारी दिएको छ ।

निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि सेवा बन्द थियो ।


क्लिकमान्डु