सुदूरपश्चिम प्रदेशमा कस्ता सवारीले कति कर तिनुपर्छ ?



काठमाडौं । सुदूरपश्चिम प्रदेशले आर्थिक ऐनमार्फत् वार्षिक सवारी कर निर्धारण गरेको छ । सुदुपश्चिम प्रदेशले आर्थिक वर्ष २०७८÷७९ मा सवारी करको शुल्कमा धेरै हेरफेर गरेको छैन ।

निजी सवारी साधन
प्रदेश सरकारले निजी मोटरसाइकल, कार, जिप, भ्यान र माइक्रो बसको कर सीसीको आधारमा निर्धारण गरेको छ ।

कार, जिप, भ्यान र माइक्रो बस १००० सीसीसम्म १९ हजार रुपैयाँ, १००१ देखि १५०० सीसीसम्म २१ हजार, १५०१ देखि २००० सीसीसम्म २३ हजार रुपैयाँ, २००१ देखि २५०० सीसीसम्म ३२ हजार रुपैयाँ, २५०१ देखि २९०० सीसीसम्म ३७ हजार रुपैयाँ र २०८१ सीसीदेखि माथिका सबै कार, जिप, भ्यान र माइक्रो बसमा वार्षिक ५३ हजार रुपैयाँ कर लाग्ने छ । डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर क्रेन जस्ता मेशिनरी उपकरणले ३५ हजार रुपैयाँ र मिनीटिपरले २५ हजार वार्षिक कर बुझाउनुपर्छ ।

यस्तै ट्याक्टरको ४ हजार, पावर टिलरको एक हजार, मिनिट्रक÷मिनिबसको २० हजार र ट्रक÷बसको ३० हजार रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ ।
मोटरसाइकल १२५ सीसीसम्मको २५ सय रुपैयाँ, १२६ देखि १५० सीसीसम्म ४५ सय रुपैयाँ, १५१ देखि २५० सीसी ५५ सय रुपैयाँ, २५१ देखि ४०० सीसीसम्म ८ हजार रुपैयाँ र ४०१ सीसीभन्दा माथि ९ हजार रुपैयाँ वार्षिक कर बुझाउनुपर्छ ।

सार्वजनिक सवारीसाधन
सार्वजनिक सवारीसाधनको कर पनि सीसीको अधारमा तोकिएको छ । कार, जिप, भ्यान र माइक्रो बस १३०० सीसीसम्म ८ हजार रुपैयाँ, १३०१ देखि २००० सीसीसम्म १० हजार रुपैयाँ, २००१ देखि २९०० सीसीसम्म ११ हजार रुपैयाँ, २९०१ देखि ४००० सीसीसम्म १३ हजार रुपैयाँ र ४००१ सीसीभन्दा माथि १५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ ।

यसैगरी सार्वजनिक सवारीसाधनकै रुपमा प्रयोग हुने डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन मेसिनरी उपकरणको १५ हजार रुपैयाँ, ट्याक्टरको १५ सय रुपैयाँ, पावर टेलरको एक हजार, रुपैयाँ मिनिट्रक÷मिनिबसको १० हजार रुपैयाँ, ट्रक÷बसको १६ हजार रुपैयाँ र मिनिट्रिपरको १२ हजार रुपैयाँ सवारीसाधन कर निर्धारण गरिएको छ ।

सवारीसाधन दर्ता शुल्क
सार्वजनिकतर्फ ठूला सवारीको २५ सय रुपैयाँ र मझौलाको १५ सय रुपैयाँ तोकिएको छ । यसैगरी साना कार÷जिप÷भ्यान÷माइक्रो बस÷पिकअप, टेम्पो÷पावर टेलरको १४ सय र मोटरसाइकलको ५ सय रुपैयाँ सवारीसाधन दर्ता शुल्क तोकिएको छ ।

निजीतर्फ ठूला सवारीको १५ सय र मझौलाको एक हजार रुपैयाँ तोकिएको छ । यसैगरी, साना कार÷जिप÷भ्यान÷माइक्रो बस÷ पिकअप, टेम्पो÷पावर टेलरको ८ सय रुपैयाँ र मोटरसाइकलको ५ सय रुपैयाँ तोकिएको छ ।

ब्लु बुक नवीकरण शुल्क
सार्वजनिकतर्फ ठूलाको ८ सय रुपैयाँ र मझौलाको ५ सय रुपैयाँ तोकिएको छ । यसैगरी, साना कार÷जिप÷भ्यान÷माइक्रो, बस÷पिकअप, टेम्पो÷पावर टेलरको ४ सय रुपैयाँ र मोटरसाइकलको २ सय रुपैयाँ तोकिएको छ ।

निजीतर्फ ठूलाको ८ सय रुपैयाँ र मझौलाको ५ सय रुपैयाँ तोकिएको छ । यसैगरी साना कार÷जिप÷भ्यान÷माइक्रो बस÷ पिकअप, टेम्पो÷पावर टेलरको ४ सय रुपैयाँ र मोटरसाइकलको २ सय रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु