प्रि-ओपनिङमा ३२.५६ अंकले घट्यो नेप्से, ७५ कम्पनीको मूल्यमा गिरावट



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कर्नरिङको आशंकामा ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछिको असर सेयर बजारमा देखिएको छ ।

बुधबारको प्रि-ओपनिङमा नेप्से ३२.५६ अंकले घटेको छ ।

प्रि- ओपनिङमा ११६ वटा कम्पनीको कारोबार हुँदा ७५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १८ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोल्टी होटल, पोखरा फाइनान्स, वरुण हाइड्रोपावर, राधी विद्युत् कम्पनी, पाँचथर पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु