नयाँ अफरोड एसयूभी मारुती सुजुकी ‘जिम्नी’



एजेन्सी । मारुती सुजुकीले भारतमा आफ्नो अफरोड एसयूभी जिम्नी सार्वजनिक गर्ने भएको छ ।

केही समय अघि सुजुकीले भारतमा जिम्नीको उत्पादन शुरु गरिसकेको छ । मारुती सुजुकी जिम्नी पहिलो पटक सन् २०२० दिल्ली अटो शोमा प्रस्तुत गरिएको थियो । यस एसयूभीले उपभोक्ताबाट राम्रो प्रतिक्रया पाएको थियो ।

मारुती सुजुकी जिम्नी १.५ के१५बी पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । जसले १०२ बीएचपी पावर जेनरेट गर्न सक्षम छ । जिम्नीमा हाइब्रिड प्रविधि पनि राखिने सम्भावना छ । अर्को रिर्पोटका अनुसार यसमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन पनि दिने सम्भावना छ । नयाँ जिम्नी ५ स्पिड म्यानुअल गियरबक्स वा ४ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनमा भारतीय बजारमा प्रस्तुत गरिने सम्भावना छ ।

जानकारीका अनुसार मारुती सुजुकी जिम्नी ५ डोर भर्जनमा भारतमा सार्वजनिक गरिने सम्भावना छ । कम्पनीले विदेशी मार्केटका लागि ३ डोर जिम्नी र भारतीय ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ५ डोर मोडल सार्वजनिक गर्ने सम्भावना छ ।

भारतमा अफरोड एसयूभीको धेरै अप्सन छैन । यसमा यसको सिधा प्रतिस्पर्धा महिन्द्रा थार र जिप कम्पाससँग हुनेछ । भारतीय अफरोड एसयूभी बजारमा महिन्द्रा थारको एकछत्र राज छ ।


क्लिकमान्डु