प्रि-ओपनिङमा २१.५१ अंकले बढ्यो नेप्से परिसूचक, ८९ कम्पनीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङमा नेप्से परिसूचक २१.५१ अंकले बढेर २९६८.०९ पुगेको छ ।

प्रि-ओपनिङमा ८९ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा समता घरेलु लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, आरएमडीसी लघुवित्त, अपि पावर कम्पनी, साधना लघुवित्तलगायत का कम्पनीको सेयर मूल्य बढेको छ भने शिव श्री हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, सांग्रिला डेभलपमेन्ट बैंक, माथिल्लो तामाकोसीलगायतका कम्पनी छन् ।


क्लिकमान्डु