बीमक र पुनर्बीमाबीच मध्यस्थताका लागि पुनर्बीमा ब्रोकर कम्पनी स्थापना हुँदै



काठमाडौं । बीमक र पुनर्बीमा कम्पनीबीचको कारोबारमा सहजीकरण गर्न बीमा समितिले पुनर्बीमा ब्रोकर कम्पनी बीमा क्षेत्रमा ल्याउने भएको छ ।

समितिले बीमक र पुनर्बीमा मध्यस्थता गर्न बीमा समितिले पुनर्बीमा दलाललाई ब्रोकर लाइसेन्स दिने भएको भएको हो । जसका लागि समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका-२०७८ जारी गर्दै सो व्यवस्था गरेको छ ।

पुनर्बीमा दलालको पूँजी निर्धारण गरी दर्ता तथा नियमनको व्यवस्था मिलाई पुनर्बीमा बजारको विकास गर्न आवश्यक रहेकोले बीमा ऐन-२०४९ अनुसार सो निर्देशिका जारी गरिएको समितिले उल्लेख गरको छ ।

जारी निर्देशिकाअनुसार पुनर्बीमा ब्रोकरले बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमक (पुनरबीमित)को तर्फबाट पुनरबीमक तथा पुनरबीमकको तर्फबाट अर्को पुनर्बीमासँग मध्यस्थता गर्नुपर्ने छ ।

यस्तै, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा/ पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर बीमित र पुनर बीमकलाई उपलब्ध गराउनुपर्नेछ ।

साथै, दावी भुक्तानीमा सहजीकरण, पुनर्बीमा सम्झौतामा सहयोग र सम्झौता अनुसारको लेनदेन मिलाउने, विदेशी बीमकले विदेशमा जारी गरेको बीमालेख अन्तर्गतको जोखिम मिलाउन मध्यस्थता गर्ने लगायतको काम पुनर्बीमा ब्रोकरले गर्नुपर्नेछ ।

 


क्लिकमान्डु