टीभीएस एनटर्क-१२५ अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट बिक्री



काठमाडौं । विश्वव्यापी रुपमा प्रतिष्ठित टू व्हीलर र थ्री–व्हीलर निर्माता टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ अन्तर्राष्ट्रिय बजारमा १ लाख यूनिट बिक्री गरेको छ ।

स्पोर्टी ब्लुटुथ जडान गरिएको टीभीएस एनटर्क स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट बिक्री गर्न सफल भएको हो ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा शुरु गरिएको थियो । यो स्कुटरलाई ग्राहकले अधिक रुचाएका थिए ।

ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ । टीभीएस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा बिक्री भइरहेको छ ।

नेपालमा टीभीएस एनटर्क १२५ २०७६ को अटोमोबाइल डिलर एसोसिएशन (नाडा) अटो शोमा गरिएको थियो । तत्कालिन समयदेखि नै यो स्कुटर नेपाली ग्राहकबीच पहिलो रोजाई बन्न सफल भयो कम्पनीको दावी छ ।

यो स्कुटर विशेष गरी युवाहरुका लागि डिजाइन गरिएको र स्कुटर टीभीएस रेसिङ पेडेग्रीमा आधारित छ । स्टेट-अफ-आर्ट सीभीटीआई-आरईभीभी३ भल्भ इन्जिनका साथ उपलब्ध छ ।

यस स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म-टीभीएस स्मार्ट कनेक्टको पनि लन्च गर्यो । जसले यो स्कुटरलाई कनेक्टेड स्कुटरको रुपमा प्रतिष्ठित गराएको छ ।

त्यसपछि नेपालका लागि टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले नेपालमा एनटर्क रेस एडिसनको सार्वजनिक गर्यो ।

रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ । जसले रेगुलर ह्यालोजेन युनिट भन्दा राम्रो रोशनी प्रदान गर्दछ । यसका अतिरिक्त स्कुटरमा हजार्ड ल्याम्पहरु रहेको छ । जसलाई रातो रंगको हजार्ड स्वीचको सहयोगमा स्वीच अन गर्न सकिन्छ ।

यो स्कुटरको प्रमुख भिजुअल हाइलाइट भनेको यसले ‘रेस एडिसन’ प्रतीकका साथ भाइब्रेन्ट चेकर्ड ल्याग ग्राफिक्सको प्रस्तुती दिन्छ । यो रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगको तीन–टोन रंगको संयोजनको साथ उपलब्ध छ ।

टीभीएस एनटर्क १२५ रेस एडिसनले ब्लुटुथ मार्फत स्मार्टफोन जडानलाई पनि समर्थन गर्दछ । स्कुटरमा टीभीएस कनेक्ट नामको मोबाइल एप्लिकेशन पनि इन्सटल्ड छ ।

स्कुटरमा उर्जा प्रदानगर्न १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इञ्जिन रहेको छ जसले रेस्पेक्टिभ पावर प्रदान गर्छ र ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट प्रस्तुत गर्दछ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शहिल अग्रवालले भने, ‘यो स्कुटर सबै ग्राहकहरुबीच लोकप्रिय बनेको छ र।म ढुक्क छुकि रेस एडिसनले धेरै भन्दा धेरै मनोरञ्जनताको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नेछ ।’

त्यस पश्चात् टिभिएस मोटर कम्पनीले नेपालमा नयाँ एनटर्क १२५ सुपर स्क्वाड एडिसनको सार्वजनिक गर्यो । स्कुटरको विशेष एडिसन मार्भेलको एभेन्जर्स–आइरन म्यान, क्यापटेन अमेरिका र ब्ल्याक प्यान्थर जस्ता पात्रहरु द्वारा प्रेरित भएको छ । यसमा विशेष रंग र बडी ग्राफिक्सको समिश्रण पनि रहेको छ ।

स्कुटरमा उही बीयस४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४–स्ट्रोक,३–भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ । जसले ९.४ बीएचपी ७५०० आरपीयम र १०.५ न्युटन मिटर ५५०० आरपीयमको पावर प्रदान गर्दछ। टिभिएस एनटर्क १२५ आफ्नो सेगमेन्टमा रहेको एकल स्कुटर हो । जसले फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट र ब्लुटुथ कनेक्टिभिटीको प्रस्तुती दिन्छ ।

सन् २०२० मा एनटर्क १२५ नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने १२५ सीसीको प्रिमियम स्कुटर बन्न सफल भएको थियो । एनटर्क १२५ ले यो उपलब्धि नेपाली बजारमा शुरु गरेको दुई वर्षमा नै प्राप्त गर्यो ।

नेपाली बजारमा यो स्कुटरले बीएस४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४-स्ट्रोक,३-भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ । जसले ९.४ बीएचपी७५०० आरपीयम र १०.५ न्युटन मिटर ५५०० आरपीयमको पावर प्रदान गर्दछ । कम्पनीले बीएस६ एनटर्क १२५ को छिट्टै सार्वजनिक गर्ने जानकारी दिएको छ ।

नेपाली बजारमा एनटर्क १२५ रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसनगरी ३ भेरियन्टमा उपलब्ध छ ।

रेगुलर एनटर्क १२५ (ड्रम) २ लाख १८ हजार ९०० रुपैयाँ, डिक्स २ लाख ४५ हजार ९०० रुपैयाँ तोकिएको छ । एनटर्क १२५ रेस एडिसन २ लाख ६१ हजार ९०० रुपैयाँ र एफआई २ लाख ७७ हजार ९०० रुपैयाँ तोकिउको छ । एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य २ लाख ६६ हजार ९०० रुपौयाँ तोकिएको छ ।

यी स्कुटर म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लु को रंगहरुमा उपलब्ध छ । रेस एडिसन रेड-ब्ल्याक र पहेलो-ब्ल्याक रंगहरुमा उपलब्ध छ ।


क्लिकमान्डु