हुन्डाई अल्कजारको भारतमा बुकिङ खुल्ला, यस्तो छ ७ सिटर एसयूभी



एजेन्सी । दक्षिण कोरियाली सवारी उत्पादक हुन्डाईले भारतमा होन्डाई अल्कजारको बुकिङ खुल्ला भएको छ ।

कम्पनीले यस ७ सिटर एसयुभीको आधिकारिक बुकिङ शुरु गरेको हो । हुन्डाई अल्कजार भारतमा अर्को हप्ता सार्वजनिक हुनेछ । कम्पनीको अनलाईन प्लेटफर्मबाट हुन्डाई अल्कजार बुक गर्न सकिन्छ ।

हुन्डाई अल्कजारमा १.५ लिटर डिजल इन्जिन छ । यो इन्जिनले ११४ बीएचपी पावर र २५० एनएम पिक टर्क जेनरेट गर्छ । यसका साथै कम्पनीले कारमा २.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन पनि दिने सम्भावना छ । यो इन्जिनले १५० बीएचपी पावर र १९२ एनएम पिक टर्क जेनरेट गर्छ । यो भनेको टक्सन र इलेन्ट्रा जतिकै शक्तिशाली हो ।

हुन्डाई अल्कजारमा फरक डिजाइनका साथ फ्रन्ट ग्रिल र थोरै रिप्रोफाइल बम्बर दिइएको छ । यसमा दिइएको ट्राई–बिम प्रोजेक्टर हेडलाइट्सल र एलईडी डीआरएल सहितको स्प्लिट लाइटिङ सेटअपले क्रेटाको झझल्को दिन्छ । तर क्रेटाको विपरीत अल्कजारमा १८ इन्चको ठूलो डायमन्ड-कट अलो ह्विल छ । हुन्डाई अल्कजारको रियरमा नयाँ प्रकारले डिजाइन गरिएको राउन्ड एलईडी टेललाईट छ ।

हुन्डाई अल्कजारको ड्यासबोड क्रेटामा दिइएको १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले छ । जसमा एप्पल र एन्ड्रोइड कार प्ले सर्पोट गर्छ । कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्ल्याट–बटम स्टेरिङ ह्विल, क्रुज कन्ट्रोल, पानरोमिक सनरुफ, ३६०–डिग्री क्यामरा, ब्लूलिंक कनेक्टेड कार टेक्नोलोजि लगायत छ । हुन्डाई अल्कजारमा ६ सिट र ७ सिट विकल्पमा प्रस्तुत गरिनेछ । कारमा २ क्याप्टेन सरिका साथ मध्य पंक्तिमा कप होल्डर, स्टोरेज स्पेस र वायरलेस फोन चार्जिङका साथै आर्म रेस्ट पनि दिइएको छ ।


क्लिकमान्डु