स्मार्टफोन उत्पादक ओप्पोले कार बनाउने



एजेन्सी । स्मार्टफोन उत्पादक ओप्पो कार बनाउने भएको छ ।

रिर्पोटका अनुसार ओपोले ‘ओकार’ टेडमार्कका लागि आवेदन दिएको छ । पछिल्लो समय स्मार्टफोन उत्पादकहरु कार निर्माणमा केन्द्रित भएका देखिन्छन् । जसमा शाओमी, ओप्पो, एप्पल, सोनी लगायत छन् ।

यीमध्ये शाओमीले भने कार बनाउने छैन । उसले कारका लागि आवश्यक उपकरण उत्पादन गर्नेछ । साथै शाओमीले अन्य कम्पनीको सहकार्यमा निमाण गरिएको कार भने बिक्री गर्नेछ ।

ओप्पोले दर्ता गरेको ट्रेडमार्क ‘वैज्ञानिक उपकरण’ को रुपमा वर्गिकरण गरिएको छ । ट्रेडमार्कले अनुमति भने पाइसकेको छैन । तर पनि ओप्पो ग्रुप कार निर्माणको तयारीमा तल्लिन देखिन्छ ।

हालसम्म ओप्पोले कस्तो कार निर्माण गर्न भन्ने विषय बाहिरिएको छैन । तर मिडिया रिर्पोटका अनुसार ओप्पोले इलेक्ट्रिक कारका लागि ट्रेडमार्क दर्ता गराएको अनुमान गर्न सकिन्छ ।


क्लिकमान्डु