सेयर बजारमा करेक्सन, १७ अर्बको कारोबार



काठमाडौं । लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्सन देखिएको छ । बुधबार कारोबार शुरु हुँदा ३ हजार अंक पुगेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म १३.५९ अंकले घटेर २९४६.५८ अंकमा सीमित भएको छ ।

यो दिन ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ ४१ पैसामा कारोबार भएको छ । यो दिन ७१ वटा कम्पनीको सेयर मूल्य बट््दा १३५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ ट्रेडिङ, फाइनान्स, निर्जीवन बीमा कम्पनी, म्यानुफ्याक्टर एण्ड प्रोसेसिङ, म्यूचुअल फन्ड र जीवन बीमा बढेको छ भने अन्य उपसमूहमा गिरावट देखिएको छ ।

यो दिन युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंको सेयर मूल्य घटेको छ भने नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर।, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर र सीइडीबी हाइ«ोपावर कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु