यामाहाको किफायती स्पोटर्स मोटरसाइकल भारतमा सार्वजनिक हुने तयारीमा



एजेन्सी । जापानको २ पांग्रे सवारी निर्माता कम्पनी यामाहाले भारतमा किफायती स्पोटर्स मोटरसाइकल एफजेट–एस १५० सीसी भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यस विषयमा कम्पनीको तर्फबाट कुनै आधिकारीक घोषणा गरिएको छैन । मिडिया रिपोटर्सका अनुसार कम्पनीले स्पोटर्स मोटरसाइकल सन् २०२१ जून १८ मा भारतमा सार्वजनिक गर्ने सम्भावना छ ।

मोटरसाइलकमा १४९ सीसीको सिंगल सिलिन्डर युक्त एयर कुल्ड इञ्जिन छ । जुन इञ्जिनले १२.२ एचपी पावर जेनरेट गर्छ । हाल बजारमा उपलब्ध एफजेटएस-एफआई मोडलको तुलनामा एफजेट-एक्स १५० सीसी ३० एमएम लामो, ५ एमएम अग्लो र ३५ एमएम चौडा हुनेछ । स्पोट्र्स मोटरसाइकल भएकाले यसको साइज बढी नै हुनेछ । यसमा ह्विलबेस १३३० एमएम हुने सम्भावना छ ।

यामाहा एफजेट-एक्स १५० सीसी टेस्टिङको क्रममा भारतीय सडकमा देखिसकिएको छ । यो नियो-रेट्रो स्टाइलकको मोटरसाइकल हो । जसलाई कम्पनीले आकर्षक डिजाइन र लुक्स दिएको छ ।

मोटरसाइकलमा राउन्ड एलईडी हेलल्याम्प दिइएको जसको चारैतर्फ एल्यूमीनियम फिनिसिङ दिइएको छ । बाइमा बोक्सी फ्यूल ट्यांक, रेज्ड सिंगल पिस ह्यान्डल बार, रेडिएटर गार्ड र एलईडी टेललाई दिइएको छ ।

मोटरसाइलको दुवै पांग्रामा डिक्स ब्रेक दिइएको छ । मोटरसाइलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र ब्याकमा मोनोशक सस्पेन्सर दिइएको छ ।


क्लिकमान्डु