राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र आजदेखि निष्कासन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको २ वर्षको ऋणपत्र आजदेखि निष्कासन भएको छ । ६ वर्षे अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको ऋणपत्रको आजदेखि निष्कासन तथा बिक्री खुला गरिएको हो ।

१ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने अर्थात् १५ लाख कित्ताले हुन आउने कुल १ अर्ब ५० करोड रुपैयाँको ऋणपुँजी रहम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ ऋणपुँजी रकम सर्वसाधारण नेपालीका लागि खुला गरिएको हो ।

ऋणपत्र निष्कासन छिटोमा जेड २८ गते र ढिलोमा असार ८ गते बन्द हुने बैंकले जानकारी दिएको छ । कम्पनीको बिक्री प्रबद्र्धकमा एनआइबीएल एस क्यापिटल कम्पनी छ ।


क्लिकमान्डु