प्रि-ओपनिङमा ७८ कम्पनीको कारोबार, नेप्से परिसूचक २४.४८ अंकले बढ्यो



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक २४.४८ अंकले बढेर २९३१.१८ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा ७८ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा बुटवल पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट, मितेरी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर कम्पनी, मञ्जुश्री फाइनान्स र साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेको छ ।

त्यसैगरी शिव श्री हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, एसियन लाइफ इन्स्योरेन्स, सनराइज बैंक, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छन् ।


क्लिकमान्डु