प्रि-ओपनिङमा २१.१८ अंकले बढ्यो नेप्से परिसूचक, ७७ कम्पनीको कारोबार



काठमाडौं । सोमबारको प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक २१.१८ अंकले बढेर २९२८.०९ अंकमा पुगेको छ । आइतबार नेप्से ५०.१४ अंकले बढेको थियो ।

प्रि-ओपनिङमा ७७ कम्पनीको कारोबार भएको छ । जसमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा महिला लघुवित्त, छिमेक लभुववित्त विकास बैंक, चिलिमे हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, युनाइटेड इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यसैगरी मञ्जुश्री फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्ष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् ।


क्लिकमान्डु