यी हुन् नेपाली बजारमा आउने तयारीमा रहेका नयाँ कार



काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प प्रायः छ । निषेधाज्ञाको प्रभाव अन्य क्षेत्रको जस्तै अटोमोबाइल सेक्टरमा पनि रहेको छ ।

कोरोना भइरसको नयाँ भेरियन्टको प्रकोप बढेर निषेधाज्ञा जारी हुनुअघि अटोमोबाइल क्षेत्रमा उत्साह देखिएको थियो । व्यापार बढेसँगै अटोमोबाइल कम्पनीहरुले नयाँ गाडी नेपाली बजारमा भित्र्याउने तयारी पनि गरेका थिए ।

लाइफ अटोमोबाइल्स र जगदम्बा मोटर्सले नयाँ गाडी नेपाल भित्र्याइसकेका पनि थिए । दुबै कम्पनीले वैशाखमा नयाँ गाडी सार्वजनिक गर्ने तयारी पनि शुरु गरिसकेका थिए ।

तर निषेधाज्ञा घोषणा भएपछि पूर्वघोषित कार्याक्रमबाट यी कम्पनी पछि हटेका छन् । साथै अन्य कम्पनीले पनि नयाँ गाडी बजारमा ल्याउने प्रक्रिया अघि बढाइसकेका थिए । टाटा, हुन्डाई, महिन्द्रा, स्कोडाले नयाँ गाडी नेपालमा ल्याउने प्रयासमा थिए । निषेधाज्ञापछि नेपाली बजारमा सार्वजनिक हुने गाडी यस्ता छन् ।

जिप कम्पास
जिपको नेपालका लागि आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले जिप कम्पास २०२१ मोडल नेपालमा सार्वजनिक गर्ने तयारी गरेको थियो ।

जिप कम्पास

बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका जारी गरिएको निषेधाज्ञाको कारणले कम्पनीले जिप कम्पास २०२१ सार्वजनिक गर्न सकेको थिए ।

जिप कम्पास १।४ पेट्रोल २।० डिजेल भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले ४ ट्रिममा जिप कम्पास सार्वजनिक गर्ने तयार गरेको थियो । जसमा जिप कम्पास एस, जिप कम्पास लिमिडेट, जिप कम्पास लगिंच्युड र जिप कम्पास स्पोर्ट रहेको छ । जिप कम्पास स्पोर्टको मूल्य ८४ लाख ९० हजार र जिप कम्पास एसको मूल्य १ करोड ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

स्कोडा कुशाक

स्कोडा कुशाक
नेपालका स्कोडा गाडीको आधिकारी बिक्रेता एमएडब्लु इन्टरप्राइजेज निषेक्षाज्ञा पनि स्कोडा कुशाक ल्याउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ । स्कोडा कुशाक एसयूभी भारतमा पनि सार्वजनिक हुने क्रममा छ ।

स्कोडा कुशाक सन् २०२१ जुलाईमा भारतमा सार्वजनिक हुने सम्भावना छ । स्कोडा कुशाक एमक्यूबी ए० इन आर्किटेक्चरमा तयार गरिएको छ । स्कोडा कुशाकको कन्सेप्ट मोडल अटो एक्स्पो २०२० मा देखाइएको थियो ।

अहिले कम्पनीले स्कोडा कुशाकको प्रोडक्सन मोडलको खुलासा गरेको हो । स्कोडा ‘कुशाक’ नाम संस्कृतबाट लिइएको छ । यसको अर्थ हुन्छ, राजा वा शासक । स्कोडा कुशाक भारतीय बजारका लागि तयार गरिएको र ९५ प्रतिशत भारतीय उपकरणबाट निर्मित कार हो ।

प्रोटन एक्स-७०
शंकर ग्रुपका अन्तर्गतको जगदम्बा मोटर्सले प्रोटोन एक्स–७० नेपाली बजारमा भित्र्याइसको छ । कम्पनी प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स-७०’ वैशाख १५ गते नेपालमा सार्वजनिक गर्ने तयारी गरेको थियो ।

प्रोटन एक्स-७०

तर बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाका कारण कम्पनीले तोकिएको मितिमा प्रोटोन एक्स–७० सार्वजनिक गर्न सकेको थिएन ।

सुरक्षाका सम्पूर्ण मापदण्ड र प्रकृया पुरा गरेर तयार गरिएको प्रोटोन एक्स–७०को रिफाइन मोडल सुरक्षाको दृष्टिकोणले सी–एनक्याप ५ स्टार रेटिङ पाउन सफल एसयूभी हो । गाडी सुरक्षित हुनका साथै यसमा आधुनिक फिचर पनि राखिएको छ ।

यसमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टम अन्तर्गत रहेको थ्री डि होलोग्राफिक डिटेक्सन सिस्टममा २ ओटा सेन्सर, ५ ओटा क्यामेरा र ९ ओटा राडर समाहित रहेका छन् ।

महिन्द्रा थार
नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपले नयाँ थार नेपाली बजारमा ल्याउने छ । महिन्द्रा एसयूभी थार अफ रोडका लागि निकै चर्चित छ । नेपाल आउने थार २४८९ सीसीको हुनेछ ।

महिन्द्रा थार

टाटा सफारी
नेपालका लागि टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रद्धि ट्रेडिङले टाटा सफारी नेपाली बजार ल्याउने तयारी गरेको छ । टाटा सफारी ७ सिटर एसयूभी हो । सन् २०१९ मा उत्पादन बन्द गरिएको सफारी नयाँ डिजाइनको साथ भारतीय बजारमा उपलब्ध भइसकेको छ ।

टाटा सफारी

नयाँ सफारीमा २।० लिटर डिजेल इन्जिन छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । टाटा सफारी सुरक्षित कारको भएकाले नेपाल भित्र्याउन खोजिएको सिप्रद्धिले जानकारी दिएको छ ।

हुन्डाई आई-२०, अल्काजार र नयाँ टुसान
नेपालका लागि हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटले ३ वटा नयाँ कार नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

हुन्डाई आई-२०, अल्काजार

कम्पनीले सन् २०२१ मोडलका हुन्डाई आई-२०, अल्काजार र नयाँ टुसान भित्र्याउने खोजेको हो । हुन्डाई आई-२० एक भेरियन्ट, अल्काजार २ भेरियन्ट र टुसान ३ भेरियन्टमा नेपाली बजारमा उपलब्ध गराउन खोजिएको कम्पनीले जानकारी दिएको छ ।

हुन्डाई आई-२०, नयाँ टुसान


क्लिकमान्डु