खानीखोला हाइड्रोपावरको दोस्रो बजारको कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले खानीखोला हाइड्रोपावर कम्पनीको दोस्रो बजारको कारोबार रोक्का गरेको छ ।

कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरण नेप्सेमा पेश गरेको नपाइएकाले कारोबार रोक्का गरिएको नेप्सेको भनाइ छ ।


क्लिकमान्डु