प्रि-ओपनिङमा नेप्से ६.७१ अंकले बढ्यो, ८० कम्पनीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङमा नेप्से परिसूचक ६.७१ अंकले बढेर २८३३.८४ अंकमा पुगेको छ । बुधबार नेप्से परिसूचक ५५.७६ अंकले बढेको थियो ।
प्रि-ओपनिङमा ८० कम्पनीको कारोबार भएको छ । जसमा ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै २१ कम्पनीको सेयर मूल्य प्रि-ओपनिङमा स्थिर छ ।
प्रि-ओपनिङमा बढी कमाउने शीर्ष कम्पनीमा बुटवल पावर कम्पनी, लक्ष्मी लघुवित्त, विशाल बजार कम्पनी सिद्धार्थ इन्स्योरेन्स, एनआइसी एशिया लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, गरिमा विकास लघुवित्त, गुर्खाज फाइनान्स र सानिमा माइ हाइड्रोपवार छन् ।
साथै बढी गुमाउने कम्पनीमा तारागाउँ रिजेन्सी होटल, रसुवागढी हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, निर्धान उत्थान लघुवित्त, नबिल बैंक, छिमेकी लघुवित्त कम्पनी छन् ।