नयाँ जेनेरेसनको टोयाटा ल्याण्डक्रुजर आउँदै



एजेन्सी । जापानी सवारी निर्माता कम्पनी टोयोटाको नयाँ जेनेरेसनको टोयोटा ल्याण्ड क्रुजर एलसी३०० सन् २०२१ जुनमा दुबईमा सार्वजनिक गरिने भएको छ । यसको जानकारी कम्पनीले सामाजिक सञ्जालमा एउटा टिजर सार्वजनिक गरेर दिइएको हो ।

२०२२ टोयाटा ल्यान्ड क्रुजर २ इन्जिन विकल्पमा उपलब्ध छ । ३.३ लिटर भी ६ टर्बो डिजल र ३.५ लिटर ट्विन टर्बो पेट्रोल रहेको छ । दुवै इन्जिनमा १०-स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स जोडिएको छ ।

विश्व बजारका लागि नयाँ २.८ लिटर, ४ सिलिन्डर युक्त कोमन रेल डिजल इन्जिनमा उपलब्ध हुनेछ । यो इन्जिनले २०० जीएचपीको शक्ति र ५०० एनएमको टर्क जेनरेट गर्छ । यो फोर–ह्विल ड्राइभमा उपलब्ध हुनेछ ।

जानकारीका अनुसार सन् २०२२ मा टोयोटा ल्याण्ड क्रुजर दक्षिण अफ्रिकी बजारमा ३ ट्रिम्स (जीएक्स-आर, जीआर-एस र जेट-एक्स) मा उपलब्ध हुनेछ । यो कारलाई टोयोटाको गाजू रेसिङ डिभिजनले डिजाइन गरेको छ ।

केही समय अघि बाहिरिएको तस्बिर अनुसार ल्यान्डक्रुटर एलसी३०० को मूख्य डिजाइन एलस२०० सँग मिल्छ । कारको फ्रन्टमा एक बोक्सी डिजाइन छ । जसमा नयाँ डिजाइनको हेडल्याम्प, मेन ग्रिल, ग्रिलको किनारमा यू आकारको भन्टका साथै बम्परमा फग ल्याम्प सेट छ ।


क्लिकमान्डु