बीएमडब्ल्यू एक्स७ एम५० डी ‘डार्क स्याडो’ भारतमा अनलाइन उपलब्ध



एजेन्सी । बीएमडब्ल्यू इन्डियाले नयाँ बीएमडब्ल्यू एक्स७ एम५०डी ‘डार्क स्याडो’ एडिसन सार्वजनिक गरेको छ ।

नयाँ बीएमडब्ल्यू एक्स७ एम५०डी को मूल्य २ करोड २ लाख भारु तोकिएको छ ।

विशेष संस्कराको सिमित युनिट अनलाइनबाट बुक गर्नुपर्नेछ । यो मोडल पूर्णरुपमा निर्मित इकाई (सीबीयू)को रुपमा भारतमा उपलब्ध छ ।

बीएमडब्ल्यू एक्स७ एम५०डी मोडलमा २९९३ सीसीको ३–लिटर ६–सिलिन्डर डिजल इञ्जिन छ । यो इञ्जिनले ४००बीएचपीमा ७६० एनएम उच्चतम टर्क उत्पादन गर्छ ।

यो कार ५.४ सेकेन्डमा मात्रै ० देखि १०० किलोमिटरको गति समात्न सक्छ । कारमा ओटोमेटिक डिफ्रेन्टियल ब्रेक्स÷लक्स (एडीबी–एक्स), एक्सटेन्डेट डायनामिक ट्राक्कसन कन्ट्रोटल (डीटीसी), हिल स्टार्ट असिस्ट र हिल डिसेन्ट कन्ट्रोललगायतका फिचर छ ।

पहिलो बीएमडब्ल्यू एक्स७ मा पार्क डिस्ट्यान्स कन्ट्रोल (पीडीसी) जसमा फ्रन्ट र रियरमा दुबैमा सेन्सर छ ।

नयाँ बीएमडब्ल्यूमा आधुनिक प्रविधिको अधिकतम प्रयोग देख्न सकिन्छ । बीएमडब्ल्यू जेस्टर कन्ट्रोल, बीएमडब्ल्यू डिस्प्ले कि, वायरलेस चार्जिङ र वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो प्ले पनि सर्पोट गर्छ ।

आधुनिक ककपिट अवधारणा अनुरुप पछिल्लो बीएमडब्ल्यूमा अपरेटिङ सिस्टम ७.० मा चल्छ र थ्रीडी नेभिगेसन पनि समावेश छ । १२.३/१२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट र कन्ट्रोल डिस्प्ले छ । यसमा १६ स्पिकरसहितको हर्मन कर्रडन साउण्ड स्टिम छ ।

नयाँ संस्करणमा विशेष कलरको प्रयोग गरिएको छ । फ्रोजन आर्कटिक ग्रे मेटालिक भनिन्छ । यस्तो विशेष बड्डी फिनिशिङ पहिलो पटक बीएमडब्ल्यू एक्स मोडलमा प्रयोग गरिएको हो । बीएमडब्ल्यू एक्स ७ डार्क स्याडो संस्करण एम स्पोर्ट प्याकेज स्ट्यान्र्डडमा उपलब्ध छ ।

गाडीमा लेजरलाईट सिस्टम, २२ इन्चको एम लाइट–अलो ह्विलमा भी–स्पोक डिजाइन सहित जेट–ब्याल्क म्याट फिनिसिङ दिइएको छ ।

बीएमडब्ल्यू एक्स७ संस्करणमा ६ वटा सिट छ । जसका दोस्रो पंख्ति दुई क्याप्टेन सिटर कन्फिगरेसनको साथ उपलब्ध छ । ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट इलेक्ट्रिकलि एडजस्ट गर्न मिल्छ । एम लेदर स्टेरिङ ह्विलले प्रिमिय अनुभुति प्रदान गर्छ ।


क्लिकमान्डु