आफूखुशी विदेशबाट गाडी आयात गर्न नपाइने



काठमाडौं । आफूखुशी विदेशबाट गाडी मगाएर नेपालमा बेच्न नपाइने भएको छ ।

सरकारले आर्थिक अध्यादेशमार्फत् आधिकारिक बिक्रेता नभएका गाडी नेपाल आउने बाटो बन्द गरिदिएको हो ।

नेपालमा आधिकारिक बिक्रेता नभएका टेस्ला, अडी, ज्यागुआर लगायत प्रतिष्ठित ब्राण्डका कार भित्रिदै आएका थिए ।

यस्ता गाडीका आयातकर्ताले अधिकतम मूल्यको ३० प्रतिशत जरिवाना तिरी नेपाल भित्र्याउन पाउँथे ।

आगामी आर्थिक वर्षको आर्थिक अध्यादेशमा निर्माता कम्पनी वा निजको आधिकारीक विक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपाल स्थित आधिकारीक विक्रेताले मात्र पैठारी गर्न पाउने व्यवस्था गरिएको छ । यो सर्त पूरा गरी आएका साधन सरकारले जफत गर्न सक्ने भनिएको छ ।

तर, यो सर्त उल्घंन गरी गरी जेठ १५ गतेभन्दा अगाडि नै प्रतितपत्र खोली वा अन्य भुक्तानीको माध्यमबाट पैठारीको प्रक्रियामा रहेका र भन्सार यार्डमा ल्याई जाँचपास हुन बाँकी रहेका सवारी तथा ढुवानी साधन मूल्यको ३० प्रतिशत जरिवाना तिरी जाँचपास गर्न सकिने उल्लेख छ ।


क्लिकमान्डु