‘हिमालय रि’ले पायो पुनर्बीमा कम्पनीको लाइसेन्स



काठमाडौं । बीमा समितिले हिमालय रि कम्पनीलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिएको छ । बीमा समितिको उच्च स्रोतका अनुसार लाइसेन्सका लागि आवेदन दिएका ५ वटा कम्पनीमध्ये हिमालय रिले पुनर्बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको छ ।

‘आवेदन परेकाबाट हिमालय रिलाई लाइसेन्स दिने विषयमा सहमति जुटेको छ,’ समिति स्रोतले भन्यो ।
लाइसेन्सका लागि आवेदन दिने अन्य कम्पनीमा अन्नपूर्ण रि, काठमाडौं रि, प्रुडेन्सियल रि, जेन्युन रि कम्पनी थिए ।

हिमालय रि कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवसायिक घरानाको लगानी छ ।

हाल नेपालमा एउटा मात्रै पुरर्बीमा कम्पनी ‘नेपाल रि इन्स्योरेन्स’ कम्पनी सञ्चालनमा छ ।


क्लिकमान्डु