जीवन बीमा कम्पनीले १० महिनामा गरे करिब १ खर्ब बीमा शुल्क संकलन, सबैभन्दा धेरै नेपाल लाइफको



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा जिवन बीमा कम्पनीहरुले ९८ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले प्रथम, नविकरण र वैदेशिक रोजगारी बीमा गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांक अनुसार गत असार मसान्तदेखि बैशाख मसान्तसम्म कम्पनीहरुले प्रथम बीमा शुल्क ३४ अर्ब २ करोड रुपैयाँ, नविकरण बीमा शुल्क ६४ अर्ब ३४ करोड रुपैयाँ र वैदेशिक रोजगारी बीमा शुल्क ५३ करोड रुपैयाँ संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ बीमा कम्पनीमध्ये २ वटा कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी, ३ वटाले ५ अर्ब रुपैयाँदेखि १० अर्ब रुपैयाँसम्म, १३ वटाले १ अर्ब रुपैयाँदेखि ५ अर्ब रुपैयाँसम्म र १ वटाले १ अर्ब रुपैयाँभन्दा कम बीमा शुल्क आर्जन गरेका छन् ।

प्राप्त तथ्यांकअनुसार चालु आवको बैशाख मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ भने सबैभन्दा थोरै महालक्ष्मी लाइफ इन्स्योरेन्सले संकलन गरेको छ ।

सो अवधिमा नेपाल लाइफले २६ अर्ब ८४ करोड रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, सो अवधिमा सबैंभन्दा धेरै बीमा शुल्क संकलन गर्नेको दोस्रो नम्बर सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन १४ अर्ब २८ करोड रुपैयाँ र तेस्रो नम्बरमा नेशनल लाइफले ९ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी चालु आवको १० महिनामा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १८ करोड रुपैयाँ, युनियन लाइफले ५ अर्ब ४१ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ८० करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा सूर्या लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब २७ करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब १३ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, ज्योति लाइफको २ अर्ब ४३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३९ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब १ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९८ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ८१ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६२ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब १८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु