कोटेश्वर-जडिबुटी सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन



काठमाडौं । पृश्वीराजमार्गको नागढुंगा सुरुङमार्ग निर्माण आरम्भ भइसकेको छ । अब बन्ने सडकमार्गमा सुरुङमार्गलाई महत्वका साथ अबलम्बन गरिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

उनले नागढुंगा–सुरुङमार्ग निर्माण कार्यलाई तीब्रता दिई २ वर्षभित्र सञ्चालनमा ल्याइने बताए ।

नागढुंगा सुरुङमार्ग ९ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने आगामी वर्ष पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङमार्ग प्रारम्भ गरिनेछ ।

उनले काठमाडौं उपत्यकाको जाम घटाउन कोटेश्वर–जडिबुटी खण्डमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

आगामी आर्थिक वर्ष टोखा–छहरे, गर्जुभन्ज्याङ बेत्रावर्ती स्याफ्रुबेशी, खुर्कोट, चियाबारी, थानकोट–चित्लाङ सुरुमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारगरी निर्माण कार्य अघि बढाइने उनको भनाइ छ ।


क्लिकमान्डु