ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर बनाइने



काठमाडौं । चक्रपथ बिस्तारको दोस्रो चरण महराजगञ्ज–कलंकी दुई वर्षभित्र शुरु गरिनेछ ।

महाराजगञ्ज-धोबिखोला-चाबहिल-तिलगंगा खण्डको बिस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया थालनी गरिनेछ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

ग्वार्को र सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माणकार्य आरम्भ गरिनेछ । चक्रपथ विस्तार तथा सुधारका लागि २ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।


क्लिकमान्डु