पूर्व-पश्चिम राजमार्गलाई १५ अर्ब ३४ करोड,



काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्गलाई एशियाली राजमार्ग मापदण्डको अनुरुपको डेडिकेटेड ४ लेनको सुरक्षित सडक बनाउने भएको छ ।

यसका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब ३४ करोड बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन भएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले देशका विभिन्न स्थानमा रेलमार्ग निर्माण गर्न र रेलमार्ग निर्माणका लागि संभाव्यता अध्ययन गर्न १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यात्रालाई छिटो र सुरक्षित बनाउन रेलमार्ग निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि रेलमर्ग निर्माण गर्न तथा रेलमार्ग निर्माणको संभाव्यता अध्ययन गर्न ८ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।


क्लिकमान्डु