उपत्यकामा एकवर्षमा १ सय विद्युतीय बस, ५०० चार्जिङ स्टेसन निर्माण गरिने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एक वर्षभित्रमा न्यूनतम १ सयवटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

उनले साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गरिने बताए ।

साथै आगामी आर्थिक वर्षमा विभिन्न स्थानमा निजी क्षेत्रको ५०० वटा चार्जिङ स्टेसन र टर्मिनल भवन निर्माण गरिने उनले जानकारी दिए ।


क्लिकमान्डु