विद्युतीय सवारी एसेम्बलिङ उद्योगलाई विशेष सुविधा, पेट्रोलियमलाई विद्युती बनाए ५ वर्ष नवीकरण शूल्क छुट



काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बलिङमा जोड दिने भएको छ ।

आगामी आर्थिक वर्षका बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।

उनले उत्पादन वा एसेम्बलिङ गर्ने विश्वका १० टप ब्रान्ड कम्पनीलाई नेपालमा उद्योग स्थापना गर्न आकर्षित गरिने बताए ।

सवारीसाधनमा प्रयोग हुने विभिन्न प्रकारका सहायक समग्रीको उत्पादन स्वेदशमैगरी रोजगारी सिर्जनगरी गरिने छ । यस्ता कम्पनीलाई दर सहुलियतका साथै आवश्यक पर्ने जग्गा सरकारले निःशुल्क उपलब्ध गराउने उनले बताए ।

सरकारले विद्युतीय सवारी साधनको प्रबर्द्धन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेले उक्त जानकारी दिए ।

उनले पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरे सरकारले नवीकरण शूल्क र मर्मत् सम्भार दस्तुरमा छुट दिइने बताए ।

विद्युतीय सवारीसाधनमा रुपान्तरण भएका सवारीसाधनलाई सरकारले ५ वर्षसम्म नवीकरण शूल्क छूट दिने भएको छ । यस्ता सवारीसाधनलाई सडक मर्मत सम्भार दस्तुर समेत छूट दिइनेछ ।


क्लिकमान्डु