हालसम्म २० लाख ८७ हजार स्मार्ट लाइसेन्स वितरण



काठमाडौं । यातायात व्यवस्था विभागले २०७७ फागुनसम्म २० लाख ८७ हजार ६८३ सवारी चालक अनुमतिपत्र (ईलेक्ट्रोनिक स्मार्ट कार्ड) वितरण गरेको छ ।

२०७७ असारसम्म १८ लाख १३ हजार २९१ सवारी चालक अनुमतिपत्र (ईलेक्ट्रोनिक स्मार्ट कार्ड) वितरण भएको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म २ लाख ७४ हजार ३९२ थप वितरण भएको छ । नेपालमा २०७२ सालदेखि स्मार्ट लाइसेन्स वितरण शुरु गरिएको हो ।


क्लिकमान्डु