३९ लाख ८७ हजार सवारीसाधन दर्ता, मोटरसाइकलको हिस्सा ७९ प्रतिशत



काठमाडौं । नेपालमा दर्ता भइ सञ्चालनमा रहेका सवारीसाधनको संख्या ३९ लाख ७ हजार २६७ पुगेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालमा दर्ता भई सञ्चालनमा रहेका सवारीसाधनको संख्या ३९ लाख ८७ हजार २६७ पुगेको हो ।

२०७७ असारसम्म सवारीसाधनको संख्या ३ लाख ३६ हजार ५०२ थियो । २०७७ फागुनसम्म १ लाख ५० हजार ७६५ नयाँ सवारीसाधन थप दर्ता भएका हुन् ।

दर्ता भएका सवारीसाधनमध्ये सार्वजनिक यातायातको महत्वपूर्ण साधन बस १.४ प्रतिशत छन् भने दुई पांग्रे मोटरसाइकले ७९.३ प्रतिशत हिस्सा ओगटेको छ ।


क्लिकमान्डु