फक्सवागन टिगुवान अगष्टमा भारतमा सार्वजनिक हुने



एजेन्सी । फक्सवागन टिगुवान भारतमा सार्वजनिक हुने भएको छ । फक्सवागनले सान्दार एसयूभीलाई सन् २०२१ अगष्टमा सार्वजनिक गर्ने सम्भावना छ ।

भारतका केही डिलरहरुले फक्सवागन टिगुवानको बुकिङ पनि शुरु गरेको भारतीय मिडियाहरुले जनाएका छन् । तर कम्पनीले भने आधिकारीक बुकिङ भने शुरु गरेको छैन । रिर्पोटका अनुसार कम्पनीले सन् २०२१ जुलाईबाट बुकिङ खुलाउने सम्भावना छ ।

टिगुवान एसयूभीलाई पहिलो पटक अटो एक्सपो २०२० मा प्रस्तुत गरिएको थियो । टिगुवानको फिचरहरुमा हनी कोब ग्रिल मेश, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, १७ इन्छको डुअल टोन अलो ह्विल्स, एलईडी लाइट छन् ।

इलेक्ट्रिक सनरुप, अटोमेटिक क्लाइमेन्ट कन्ट्रोल, वायरलेस चार्जिङ, फुली डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, १०.१ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र कनेक्टेड कार टेक्नोजोली लगायत इन्टेरियर फिचर छन् ।

टिगुवान एसयूभी २ इन्जिन विकल्पमा उपलब्ध हुनेछ । १.० लिटर टीएसआई टर्बोचाज्र्ड पेट्रोल यूनिट र १.५ लिटर टीएसआई टर्बोचाज्र्ड पेट्रोल इन्जिन छ । एसयूभीको १.० लिटर इन्जिनले ११३ बीएचपीको अधिकतम पावर र १७५ एनएमको पिक टर्क जेनरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनको अप्सन छ । १.५ लिटर इन्जिनले १४८ बीएचपीको अधिकतम पावर र २५० एनएम पिक टर्क जेनरेट गर्छ । यो इन्जिन ६–स्पिड म्यानुअल र डीएसजी अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध छ ।


क्लिकमान्डु