भारतमा बजाज चेतक इलेक्ट्रिक स्कुटरको बिक्री ४६४ प्रतिशतले बढ्यो



एजेन्सी । भारतमा इलेक्ट्रिक स्कुटरप्रतिको आकर्षण बढेको छ । व्यवसायीक र निजी प्रयोजनमा ई-स्कुटरले पहिलो प्राथमिकता पाइरहेको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिले पनि ई-स्कुटरप्रति भारतीय उपभोक्ता आकर्षित भइरहेका छन् ।

सन् २०२१ मार्चमा बजाज चेतक इलेक्ट्रिक स्कुटर ९० यूनिट मात्र बिक्री भएको छ । सन् २०२१ अप्रिलमा यो संख्या ४६४ प्रतिशतले बढेको छ । अप्रिलमा चेतक इलेक्ट्रिक ५०८ यूनिट बिक्री भएको छ ।

बजाज चेतकको मूल्य पनि बढेको छ । अहिले बजाज चेतक प्रिमियमको मूल्य १ लाख ४५ र अर्बनको मूल्य १ लाख ४३ हजार भारु तोकिएको छ । यसअघि बजाज चेतक प्रिमियमको मूल्य १ लाख २० र अर्बनको मूल्य १ लाख १५ हजार भारु छ ।

९५ किमीको रेञ्ज
ईस्कुटर चेतकमा ३ किलोवाट परआवर लिथियम-आयन ब्याट्री छ । जसमा ३.८ किलोवाट इलेक्ट्रिक मोटर छ । यसले उच्चतम ५.५ पीएसको पावर जनरेज गर्छ ।

इको मोडमा उच्चतम ९५ किमी र स्पोर्ट मोडमा ८५ किमीको रेन्ज दिन्छ । ५ एम्पियर पावरबाट ५ घण्टामा शतप्रतिशत चार्ज गर्न सकिन्छ । कम्पनीको ब्याट्रीमा ३ वर्ष वा ५० हजार किलोमिरटको वारेन्टी उपलब्ध छ ।

उन्नत फिचर
ईस्कुटरमा अल-एलईडी लाइट्स (हेडल्याम्प, डीआरएलएस, टर्न इन्डिकेटर्स, टललाइट्स), फ्रन्ट डिस्क ब्रेक र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर (ब्लूटूथ स्मार्टफोन कनेक्टिभिटी) साथ रिजनरेटिभ ब्रेकिङ पनि छ ।

चेतकको दुवै पांग्रामा १२ इन्चको अलो ह्विल छ । अघिल्लो पांग्रामा ९०/९० टायर र पछिल्लो पांग्रामा ९०/१०० ( दुवै ट्यूबलेस) टायर छ । फ्रन्ट-ह्विलमा एक लिडिङ-लिंक-टाइप सस्पेन्सर पाउन सकिन्छ । रियर ह्विलमा एक मोनोशक सस्पेन्सर छ । स्कूटरमा रिभर्स गियर पनि छ ।

भारतमा चेतकको प्रतिस्पर्धी
भारतमा चेतक इलेक्ट्रिकको प्रतिस्पर्धा अथर ४५० प्लस र अथर ४५० एक्ससँग छ । यो दुवै स्कुटरको मूल्य क्रमशः १ लाख ४० र १ लाख ५९ हजार भारु छ । साथै टीभीएसको आईक्यूबसँग पनि चेतककको प्रतिस्पर्धा हुनेछ । आईक्यूबको मूल्य १ लाख ३६ हजार भारु छ ।


क्लिकमान्डु