संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपको ब्याजदरमा नयाँ व्यवस्था गरेको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याज ३ महिनासम्म परिवर्तन नपाउने व्यवस्था गरेको हो ।

‘बोलकबोलको आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न पाइने छैन,’ संशोधित निर्देशनमा भनिएको छ ।

संस्थागत निक्षेपकर्ताहरुको मोटो रकम बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा छ । यस्तो अवस्थामा तरलता अभाव हुँदा ब्याजदरमा मोलमोलाइ गर्ने चलन थियो ।

साथै विभिन्न प्रकारका बचत खातामा दिइने व्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न पाइने छैन । बचत खाताको ब्याजदर परिवर्तन गर्दा सबै प्रकृतिको बचत खातालाई समान रुपमा लागू हुने गरी ब्याजदर समायोजन गर्नु पर्नेछ ।


क्लिकमान्डु