बैंकका ऋणीलाई राहतः निषेधाज्ञा सकिएको ७ दिनसम्म जरिवाना नलाग्ने
काठमाडौं । कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीलाई राहत मिलेको छ ।
नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन निर्देशन दिएको छ ।
लघुवित्तका ऋणीलाई राहत, कर्जामा जरिवाना नलाग्ने, लिलामीको सूचना निकाल्न नपाइने
यसले निषेधाज्ञाको अवधिमा ग्राहकले बैंकबाट लिएको कर्जाको किस्ता बुझाउन नपाउँदा लाग्ने जरिवानाबाट राहत मिलेको छ ।
साथै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्याजदर परिवर्तनसम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई एसएमएस/इमेलमार्फत् तत्काल उपलब्ध गराउनु पर्नेछ ।
साथै निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न पाइने छैन ।