लघुवित्तका ऋणीलाई राहत, कर्जामा जरिवाना नलाग्ने, लिलामीको सूचना निकाल्न नपाइने



काठमाडौं । कोरोना भाइरस महामारीका कारण जारी निषेधाज्ञामा लघुवित्तबाट कर्जा लिएका ऋणीलाई राहत मिलेको छ ।

नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै लघुवित्त कम्पनीलाई निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन निर्देशन दिएको छ ।

बैंकका ऋणीलाई राहतः निषेधाज्ञा सकिएको ७ दिनसम्म जरिवाना नलाग्ने

यसले निषेधाज्ञाको अवधिमा ग्राहकले लघुवित्तबाट लिएको कर्जाको किस्ता बुझाउन नपाउँदा लाग्ने जरिवानाबाट राहत मिलेको छ ।

राष्ट्र बैंकले कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिमा र निषेधाज्ञा समाप्त भएको एक महिनासम्म कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न पाउने छैनन् ।

संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गरी विश्वसनीयता कायम गर्नसक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न भने सक्नेछन् ।

सञ्चालक समितिले यस्तो छुटसम्बन्धी व्यवस्थाको निर्णय गरी वेबसाइटमा सार्वजनिक गरी पारदर्शी ढंगले लागू गर्नुपर्नेछ राष्ट्र बैंकको निर्देशन छ ।


क्लिकमान्डु