महिन्द्रा ‘थार’ माथि डिजाइन चोरीको आरोप



एजेन्सी । भारतीय सवारी उत्पादक महिन्द्रा एण्ड महिन्द्रको ‘थार’ चर्चित अफ–रोडर हो । थारको डिजाइन कम्पनीका लागि समस्या बनेको छ ।

महिन्द्राले आफ्नो यस एसयूभीलाई अस्ट्रेलियन बजारमा सार्वजनिक गर्ने तयारी गरेको थियो । यस विषयमा आपत्ती जनाउँदै जिपले यो विषय अस्ट्रेलियन अदालतमा पुर्याएको छ । कम्पनीले महिन्द्रा थारलाई आफ्नो जिप ¥याङलरको डिजाइन चोरी गरेको आरोप लगाएको छ । यो विषय अदालतसम्म पुगेको छ ।

जिप र्याङलर पहिलेदेखि नै अस्ट्रेलियामा बिक्री हुँदै आइरहेको छ । जिप कम्पनीको स्वामित्वको ब्राण्ड स्टेलेन्टिसले थार विरुद्व अदालतमा मुद्दा दायर गरेको हो । जिपले महिन्द्रा थारको डिजाइन जिप र्याङलरबाट प्रेरित भएको दाबी सहित अदालत पुगेको हो । साथै जिपले अस्ट्रेलियमा थारलाई प्रतिबन्ध गर्न अपिल पनि गरेको छ ।

मिडिया रिर्पोटर्स अनुसार अस्ट्रेलियन अदालतले यस विषयको जानकारी दिन महिन्द्रालाई ९० दिनको नोटिस दिएको छ ।

योसँगै महिन्द्रा थार अस्ट्रेलियामा तत्काल सार्वजनिक गर्ने योजना पछि सार्ने सम्भावना छ । भारतीय बजारमा थारको माग उच्च छ । भारतमा कम्पनीले माग अनुसारको आपूर्ती दिन सकेको छैन ।

जिपले महिन्द्रमाथि आरोप लगायर अदातलसम्म पुर्याएको यो नै पहिलो घटना होइन । यसअघि अमेरिकामा दुई कम्पनीको विवाद अदालतसम्म पुगेको थियो ।

त्यस समय जिपले महिन्द्रा रोक्सारमाथि डिजाइन चोरीको आरोप लगाएको थियो । त्यसपछि महिन्द्रले रोक्सारको केही डिजाइन परिवर्तन गरेर अमेरिकामा बिक्री गरेको थियो ।

नयाँ थारमा काम हुँदै
मिडिया रिर्पोट अनुसार महिन्द्रा नयाँ र सानो थार निर्माणमा जुटिरहेको छ । जसको डिजाइन पुरानो थारकै जस्तै छ । तर तौल भने कमि हुनेछ । यसका साथै पुरानो थार फोर ह्विल ड्राइभ हो भने नयाँ थार टु–ह्विल ड्राइभ हुनेछ ।


क्लिकमान्डु