टेस्लाको तीव्र गतिको इलेक्ट्रिक कार बिक्री हुँदै



एजेन्सी । टेस्लाको सबैभन्दा तीव्रगतिको इलेक्ट्रिक कारको प्रतिक्षा सकिएको छ । अमेरिकाको प्रमुख इलेक्ट्रिक कार निर्माता टेस्लाले सन् २०२१ जुन ३ तारिखबाट आफ्नो सबैभन्दा तीव्रगतिको कार टेस्ला मोडल एस प्ल्याडको डेलिभरी शुरु गर्नेछ ।

कम्पनीका सीईओ एलन मस्कले ट्विट गर्दै यस विषयको जानकारी दिएका हुन् ।

मस्कले ट्विटमा लेखेका छन्, ‘यस फ्ल्यागसिप सेडान कारको डेलिभरी आगामी जुन ३ देखि हुनेछ ।

टेस्ला मोडल एस प्ल्याड तीव्रगतिको कार हो । यसको डेलिभरी कार्यक्रम आगामी जुन ३ तारिखमा क्यालिफोर्निया स्थित कम्पनीको उद्योगबाट गरिनेछ । यो कार सिर्फ १.९ सेकेन्डमा १०० किलोमिटरको प्रतिघण्टाको गति लिन सक्षम छ ।

कस्तो छ कार
यो कार २ भेरियन्ट उपलब्ध हुन्छ । यसको लन्ग रेन्ज भेरियन्टमा रहेको डुअल मोटर ६७० एचपी पावर जेनरेट गर्छ । यो भेरियन्टले ३.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन्छ । सिंगल चार्चमा यो कारले ६६३ किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज दिन्छ ।

अर्को भेरियन्टले १०२० एचपीको पावर जेनरेट गर्छ । यो भेरियन्टले सिर्फ १.९ सेकेन्डमा १०० किलोमिटरको उच्च गति छुन्छ । यो कार सिंगल चार्चमा ६२७ किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज दिन्छ । यसको उच्चतम गति ३२१ किलोमिटर प्रतिघण्टा छ ।


क्लिकमान्डु