रोयल एनफिल्डको इग्निसन कोइलमा समस्या, २ लाख ३७ हजार मोटरसाइलमा फिर्ता लिँदै



एजेन्सी । रोयल एनफिल्डले आफ्नो २ लाख ३७ यूनिट मोटरसाइकल फिर्ता लिने भएको छ । जसमा मिटिओर, क्लासिक र बुलेट मोडल रहेको छ ।

रोयल एनफिल्डका अनुसार यी मोडलका इग्निसन कोइलमा खराबी पाइएको छ । यो आन्तरिक रुटिन टेस्टिङको दौरान भेटिएको हो । यो समस्या सन् २०२० डिसेम्बरदेखि सन् २०२१ अप्रिलको बिचको समयमा निर्माण भएको मोडल्समा समस्या भेटिएको हो ।

रोयल एनफिल्डको जाँच अनुसार यस खराबीको कारण मोटरसाइकलको परर्फमेन्समा कमि, मिसफायरिङ र केहिमा इलेक्ट्रिक सर्ट सर्किटको पनि खतरा छ । खराबीको बारेमा जानकारी मिलेसँगै कम्पनीले यी मोडल फिर्ता माग्ने भएको छ । कम्पनीले कुल २ लाख ३६ हजार ९६६ यूनिट मोटरसाइकल फिर्ता लिनेछ ।

जसमा मिटिओर (सन् २०२० डिसेम्बरदेखि सन् २०२१ अप्रिल), क्लासिक (सन् २०२१ जनवरीदेखि अप्रिल) र बुलेट (सन् २०२१ जनवरीदेखि अप्रिल) रहेको छ । फिर्ता मगाइएको मोटरसाइकल कम्पनीले पुन जाँच गर्नेछ । त्यस क्रममा कुनै समस्या देखिएकमा त्यसमा परिवर्तन गरिनेछ । फिर्ता लिइएको मोटरसाइकलमध्येमा १० प्रतिशतको मात्रै पार्टस् परिवर्तन गर्नुपर्ने रोयल एनफिल्डको अनुमान छ ।

भारतमा बिक्री हुने मोटरसाइकलमा मात्र नभई, यस रिकलबाट थाइल्याण्ड, फिपिन्स, अस्ट्रेलिया, न्यूजिल्याण्ड, मलेसियामा बिक्री हुने मोटरसाइकल पनि प्रभाव हुनेछन् । मोटरसाइकलमा देखिएको खराबीबाट प्रभावित ग्राहकलाई कम्पनीले छिट्टै सम्पर्क गर्नेछ ।

उक्त समयमा उत्पादन गरिएको मोडलको पहिचान भेहिकल आइडन्टिफिकेसन नम्बर (भीआईए) को माध्यमबाट गरिनेछ । जो ग्राहकले उक्त समयमा उत्पादित मोटरसाइकल खरिद गरेका छन् । कम्पनीले ग्राहकलाई यर्थाशिग्र आफ्नो डिलरसम्म सम्पर्क गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु