एन्ड्रोइड १२ स्मार्टफोनबाट कार स्टार्ट गर्न सकिने



एजेन्सी । विगत एक वर्षदेखि एप्पलको आईफोनमा कार चाँबीको सुविधा उपलब्ध छ । एप्पलका इच्छुक प्रयोगकर्ताहरुले कार स्टार्ट गर्न आईफोन प्रयोग गर्न सक्छन् ।

गुगलले मंगलबार गुगल आई/ओ सम्मेलनमा यो वर्षपछि कार चाँबीको सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यो सुविधा एन्ड्रोइइ १२ प्रणालीमा उपलब्ध हुनेछ । एन्ड्रोइड स्मार्टफोनको प्रयोगगरी कार स्टार्ट गर्न सकिन्छ ।

तर पहिलो चरणमा यो सुविधा पिक्सेल र सामसङ ग्यालेक्सि फोनमा उपलब्ध हुनेछ । गुगल र अटोमाबाइल्स उत्पादकहरु स्मार्टफोनलाई कार चाँबीमा विस्तार गर्ने प्रक्रियामा निकै सुस्त देखिएका छन् । गुगलले एउटा कार निर्माता बीएमडब्ल्यूसँग मात्र सहकार्य गरेको छ ।

बीएमडब्ल्यूले यसको वर्षको सुरुवातमा सामसङसँगको सहकार्यको घोषणा गरेको थियो । रिपोर्ट अनुसार बीएमडब्ल्यूले डिजिटल कार चाँबी लागि मात्र सहयोग गर्ने सम्झौता गरेको छ । यसका लागि कुन मोडल अनुशरण गर्ने भन्ने विषय अझैसम्म टुंगोमा पुगेको छैन ।

मोबाइल फोनलाई कार चाँबीमा २ प्रक्रियाबाट परिवर्तन गर्न सकिन्छ । यी उपायहरु यूडब्ल्यूबी (अल्ट्रा वाइडब्याण्ड टेक्निोलोजी) र एनफसी (नियर फिल्ड कम्निकेसन टेक्नोलोजी) रहेको छ । एप्पलको पछिल्लो पुस्ताको आईफोन र नयाँ एप्पल वाच सिरिज ६ ले यूडब्ल्यू टेक्नोलोजी सर्पोट गर्छ । यो प्रविधिले फोनलाई कार चाँबीमा परिवर्तन गर्नुका साथै कारलाई भिडभाडको पार्किङमा खोज्न पनि मद्दत गर्छ ।


क्लिकमान्डु