प्रभु सेलेक्ट फण्डको पहिलो दिनमा ५६ प्रतिशत इकाइ बिक्री



काठमाडौं । प्रभु सेलेक्ट फण्ड निष्कासन भएको पहिलो दिन बुधबार ५६ प्रतिशत इकाइ बिक्री भएको छ ।

कम्पनीका अनुसार १७ हजार ९ सय ७२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ४१ करोड १४ लाख ८३ हजार ७ सय रकम बराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० इकाई खरिदका लागि आवेदन परेको हो ।

प्रभु क्यापिटलले आज जेठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ ।


क्लिकमान्डु