एकपछि अर्को रेकर्ड ब्रेक गर्दै सेयर बजार, नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै बढी



काठमाडौं । सेयर बजारमा एकपछि अर्को रेकर्ड ब्रेक भएको छ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार पनि हरियाली छाएको छ ।

नेप्से परिसूचक ३४.६८ अंकले बढेर हालसम्मकै उच्च २७९३.९० अंकमा पुगेको छ । नेप्सले हिजो पनि रेकर्ड कायम गरेको थियो । त्यसैगरी कारोबार रकमका आधारमा आज ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९१ रुपैयाँमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर कारोबार भएको छ ।

यो दिन १८० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा ३३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । साथै ११ वटा कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा नेपाल टेलिकम, माथिल्लो तामाकोसी, शिखर इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र एनआरएन छन् ।


क्लिकमान्डु