११ सय सीसीको डुकाटी स्ट्रिटफाइटर-भी४ भारतमा सार्वजनिक



एजेन्सी । डुकाटीले भारतमा स्ट्रिटफाइटर-भी४ हाइपर-नेकेड मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले २ भेरियन्टमा मोटरसाइकल सार्वजनिक गरेको हो । स्ट्रिटफाइटर-भी४ र स्ट्रिटफाइटर-भी४ एस भेरियन्टमा उपलब्ध छ ।

स्ट्रिटफाइटर-भी४ मा ११०३ सीसीको इञ्जिन छ । यो इन्ट्रिलेभ कारभन्दा पनि शक्तिशाली इञ्जिन हो । डुकाटीले २०२१ स्ट्रिटफाइटर मोटरसाइकल २ रंगमा बजारमा ल्याएको छ ।

डार्क स्टेल्थ र डकाटी रेड रंग रहेको छ । डार्क स्टील्थको मूल्य २३ लाख १९ हजार भारु तोकिएको छ । यसको बे मोडलको मूल्य १९ लाख ९९ हजार भारु छ । हाई–स्पेक स्ट्रिटफाइटर–भी४ एस भेरियन्टको मूल्य २२ लाख ९९ हजार भारु तोकिएको छ ।

यी मोटरसाइकलमा ३ राइड स्टाइल छ । जसलाई चालकले परफमेन्स, ट्रयाक÷रुट र मौसम अनुसार परिवर्तन गर्न सक्छन् । जसमा रेस राइडिङ, स्पोर्ट राइडिङ र स्ट्रिट राइडिङ मोड छ ।

इञ्जिन

यस हाइपर-नेकेड डुकाटीको दुवै भेरियनमा समान डसमोसे डीसी स्ट्राडेल भी४ इञ्जिन छ । यो इञ्जिन पैनिगल भी४ बाट लिइएको हो । मोटरसाइकमा ४ सिलिन्डर युक्त ११०३ सीसीको शक्तिशाली इञ्जिन छ । लिक्विड-कूल्ड इन्जिनका कारण यो मोटरसाइकल १७ घण्टासम्म चलाउँदा पनि धेरै तात्दैन । यसमा ६ स्पिड गियर बक्स छ । मोटरसाइकलमा स्लिपर, असिस्ट क्लच र क्विक-सिफ्टर दिइएको छ ।

एक्सटीरियर र ब्रेकिङ

डुकाटीको मोटरसाइकलमा रहेको एलईडी हेडलाइटले अघिल्लो भागलाई उत्कृष्ट बनाएको छ । यसमा फुल डिजिटल इस्ट्रूमेन्ट क्लस्टर छ । मोटरसाइकमा रहेको एयरोडायनामिक विंगलेट डिजाइनले तीब्र हावाको प्रभाव पर्न दिँदैन र स्पिड कायम रहन्छ । मोटरसाइकलमा ब्रेकिङका लागि अघिल्लो पांग्रामा ३३० एमएम डिस्क ब्रेक र पछिल्लो पांग्रामा २४५ एमएम रोटर ब्रेक दिइएको छ । जसले ब्रेक कन्ट्रोल सजिलो बनाउँछ । १२० किलोमिटर प्रति घण्टाको गतिमा रहेको मोटरसाइकल पनि केही सेकण्डमा रोकिन्छ ।


क्लिकमान्डु