अपि पावरको हकप्रद जेठ २० गतेदेखि



काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडले जेठ २० गतेदेखि हकप्रद जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम रहेको कुल चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँको एक सेयर बजारबर। नयाँ ०.२९३८ प्रतिशतको अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद भर्ने अन्तिम समय असार ९ गतेका लागि तोकिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।


क्लिकमान्डु