संस्कृतबाट नाम लिइएको स्कोडा ‘कुशाक’, जुलाईमा भारतमा सार्वजनिक हुने



काठमाडौं । स्कोडा कुशाक एसयूभी सन् २०२१ जुलाईमा भारतमा सार्वजनिक हुने भएको छ । कम्पनीको सर्भिस तथा मार्केटिङ प्रमुख जेएस होलिसले ट्विटरमा एक प्रयोगकर्ताको प्रश्नको उत्तर दिँदै स्कोडा कुशाख सन् २०२१ को जुलाईमा भारतमा डिलेभरी शुरु हुने बताएका हुन् ।

यो कम्पनीको नयाँ मोडल हो । जसलाई एमक्यूबी ए० इन आर्किटेक्चरमा तयार गरिएको छ । स्कोडा कुशाकको कन्सेप्ट मोडल अटो एक्स्पो २०२० मा देखाइएको थियो । अहिले कम्पनीले स्कोडा कुशाकको प्रोडक्सन मोडलको खुलासा गरेको हो । स्कोडा ‘कुशाक’ नाम संस्कृतबाट लिइएको छ । यसको अर्थ हुन्छ, राजा वा शासक । स्कोडा कुशाक भारतीय बजारका लागि तयार गरिएको र ९५ प्रतिशत भारतीय उपकरणबाट निर्मित कार हो ।

स्कोडा कुशाकको डिजाईनको कुरा गर्दा यसमा कम्पनीको सिग्नेचर ग्रिल, स्प्लिट प्रोजेक्टर हेडल्याम्प, एंगुलर बम्पर, ठूलो एयर इनटेक र स्किड प्लेट दिइएको छ । दुवै किनारामा स्प्लिट एलईडी हेडलाइट, फोग ल्याम्प दिइएको छ । कारमा १७ इन्चको डुअल टोन अलो ह्वील छ ।

स्कोडा कुशाकमा फक्सनल रुफ रेल, बूमर्याग आकारमा एलईडी टेलाइट, रुफ स्पोइलर, रेक्ड विन्डस्क्रिन, अग्रेसिभ रियर बम्पर, फौक्स सिल्भर बैश प्लेट, इलेक्ट्रिक सनरुफ दिइएको छ ।

इन्टिनियरको कुरा गर्दा क्याबिनमा ओरेन्ज हाईलाइट र ड्यासबोर्डमा १० इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम छ । दुई वटा मोबाइल राख्नका लागि पकेट पनि दिइएको छ । साथै डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डुअल टोन इन्टिनियर थिप, डुअल जोन क्लाइमेट कन्ट्रोल, भेन्टीलेटेड सिट, ७ स्पीकर अडियो सिस्टम, वायरलेस स्मार्टलिंक, एन्ड्रोइड अडियो, एप्पल कारप्ले, टाइप सी–पोट्र्स दिइएको छ ।

सुरक्षाका लागि ६ एयरब्याग, ईएससी, हिल–होल्ड कन्ट्रोल, रेन एण्ड लाइट सेन्सर, क्रुज कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम पनि छ । कारमा ३८५ लिटरको बूट स्पेस छ जसलाई १४०५ लिटरसम्म बढाउन सकिन्छ ।

स्कोडा कुशाकमा २ टर्बोचाज्र्ड पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ । पहिलो इन्जिन १.० लिटर तीन सिलिन्डर टीएसआई पेट्रोल इन्जिन छ । जसले ११० बीएचपी पावर र १७५ एनएम टर्क प्रदान गर्छ । यो इन्जिनमा ६ स्पीड म्यानुअल र ६ स्पीड टार्क कन्भर्टर अटोमेटिक गियरबक्स दिइएको छ ।

दोस्रो १.५ लिटर टीएसआई टर्बो पेट्रोल इन्जिनले १५० बीएचपी पावर र २५० न्यूटन मिटर टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड म्यानुअल र ७ स्पीड डीएसजी गियरबस्स दिइएको छ । अटोमेटिकमा ६ स्पीड टार्क कन्भर्टर र ७ स्पीड डीएसजी छ । स्कोडा कुशाकको मूल्य १० देखि १६ लाख भारु हुने अनुमान छ । यसको प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस र एमजी हेक्टरसँग प्रतिस्पर्धा हुनेछ ।


क्लिकमान्डु